प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ ।

सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्