आरआरको गीत ‘नाटु-नाटु’ले जित्यो अस्कार अवार्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन ।  चर्चित भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु नाटु’ले अस्कार अवार्ड जितेको छ। उक्त गीत ‘बेस्ट ओरिजनल सङ्स’ टाइटलमा अस्कार अवार्ड हात पारेको हो।

बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटु नाटु’ भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो, जसले आज अस्कार अवार्ड प्राप्त गर्‍यो।नाटु नाटु गीतमा अस्कारको मञ्चमा पफर्मस पनि गरिएको थियो ।

आरआरआरको यस गीतमा राम चरण र जुनियर एनटिआर अभिनित छन्। नाटु नाटुले ओस्कार जिते पछि दक्षिण भारत जनताले खुसीयाली मनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्