१३ अंकले घट्याे सेयर, नेप्से १९ सय नजिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ भदौ । साताकाे दाेस्राे काराेबार दिन सोमबार सेयर बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा राेकिएकाे छ ।

कारोबारमा आएका अधिकांश उपसूचक घट्दा म्युचुअल फन्ड खरिदकर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ । बाँकी १२ वटै उपसमूह घटेका छन् ।

एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो । यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो रह्याे ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड, मर्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो । यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ । कारोबारमा आएकामध्ये १४९ स्टकको सेयर घटेको छ । जम्मा २८ वटाको मूल्य बढेको छ।

बजार घट्दा कारोबारको आकर्षण नबिल बैंककाे सेयरमा देखिएकाे छ । बैंकको आज चार करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। तर, सेयर मूल्य भने चार रुपैयाँ घटेको छ। रिडि र हिमालयन डिष्टिलरीको सेयर पनि सर्वाधिक खरिद बिक्री भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्