महिला साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे ५ बजे सुरू हुनेछ ।

साविक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ । भारत लगातार दोस्रो जितको खोजीमा रहेको छ भने माल्दिभ्स पहिलो जितमा खोजीमा रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्