सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धनको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडको अझै टुङ्गो लाग्न सकिरहेको छैन ।

सिट बाँडफाँडको कुरामा दलहरू सहमती नजिक पुगेको भनिएपनि निस्कर्ष निस्कन सकिरहेको छैन । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरूले टुङ्गो लगाउने बताईएको छ । त्यही विषय टुङ्गोमा पु¥याउन भन्दै गठबन्धनको बैठक आज बस्न लागेको छ ।

हिजो नै बैठक बसेर सिट भागबन्ण्डाको टुङ्गो लगाउने भनिएपनि नेताहरूको कार्य व्यवस्ततालाई कारण बनाएर आजका लागि सारिएको हो । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

आजको बैठकले सिट बाँडफाँडको अन्तिम निस्कर्ष निकाल्ने नेताहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्