
नेपाल सरकारले बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।
२०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
Write to