काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे ।
उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउन देखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न माग गरे ।








