सिक्किममा ४८ घन्टे हड्ताल आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २१ । सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेका बेला त्यहाँका विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)  ले आजदेखि ४८ घन्टे हड्तालको आह्वान गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन छ । चाम्लिङ आफैं धर्नामा सहभागी बनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्