धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनगढी, १६ माघ। धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्