योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ माघ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयाे ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्