कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

न्युज कारखना
  • ख-
  • ख
  • ख+

कैलाली, ११ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर काट्न गएकी ५० वर्षीया ललु सार्कीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आरक्ष विस्थापित शिविरको ढक्कास्थित बेलडाँडी टोल बस्ने महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्