सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

मस्को, १९ भदौ । पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् ।

खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।

सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्