![](http://khabarbook.com/wp-content/uploads/2022/09/pakistan-flag.jpg)
बाढीका कारण मानवीय क्षति बढ्दै गएपछि पाकिस्तानले थप सहयोगको लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।
सङ्घीय योजना मन्त्री अहसान इकबालले बाढीबाट वर्षाबाट प्रभावित भएकाहरूका लागि सहयोगको अपील गर्नुभयो ।
पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा थप ५७ जनासँगै करिव १ हजार ३ सयको मृत्यु भएको छ ।
सरकारको प्रारम्भिक अनुमान अनुसार वर्षा र बाढीले करिब १० अर्ब डलरको क्षति गरेको छ ।