प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधनका लागि गृहकार्य

खबर बुक
  • ख-
  • ख+

सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव दर्ता गरेसँगै यसलाई छोटो बाटोबाट अघि बढाउने बारेमा छलफल अघि बढाएको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले यही भदौ १७ मा विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरेको थियो । यसलाई छोटो बाटोबाट अघि बढाउन कानुन मन्त्री गोबिन्द बन्दीले सरोकारवाला निकायका प्रमुखसँग अनौपचारिक छलफल गरिरहनुभएको उहाँ निकट स्रोतले बताएको छ ।

सरकारी विधेयक परिपक्व हुन ५ दिन लाग्छ । त्यसोहुँदा यही भदौ २२ अघि प्रक्रियामा जान सक्दैन । नियम निलम्वन गर्ने बारेमा सरकार, राजनीतिक दलबीच सहमति भएमा भने त्योभन्दा अघि नै प्रक्रियामा जान सक्ने संसद सचिवालयका एक अधिकारीले बताउनुभयाे ।

चालु अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो कार्यकाल समाप्त हुने प्रस्ताव गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्