उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

खबर बुक
  • ख-
  • ख+

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् ।

घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्