भिजिट भिसा प्रकरणमा सवै राजनीतिक दलहरु सहमति नजिक :रामहरि खतिवडा

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा सवै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताएका छन ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले भिजिट भिसा प्रकरणमा शुक्रबार तीन बुँदे सहमति तयार हुने र सदनको गतिरोध अन्त्य हुने समेत बताएका हुन । अख्तियारले गरिरहेको छानविनलाई कुनै असर नपर्ने गरि सरकार सुधारात्मक कार्य गर्न तयार हुने उनले बताए ।

खतिवडाले भिजिट भिसा प्रकरणमा सरकारले नीतिगत सुधार गर्ने गरि सहमति हुने जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्