अनावश्यक बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भयो : गृहमन्त्री लेखक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भएको बताएका छन ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसंग जोड्दै अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भएको बताएका हुन ।

संसदको अवरोध राजनीतिक पूवाग्रह, प्रतिशोध प्रेरित रहेको उनले बताए । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएको बिषयको कुनै अर्थ र औचित्य नरहेको भन्दै संसदको अवरोध चाडै हट्नुपर्ने धारणा राखे ।

संसदको अवरोध हटेपछि असार १५ भित्र बिद्यालय शिक्षा विधयेक पारित गरेर शिक्षकहरुका माग पुरा गर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्