ललितपुर महानगरपालिकामा सडकपेटी मिचेर बनाइएका संरचना हटाउन सुरु

खबर बुक
  • ख-
  • ख+

ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो । सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिनुभयो । महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उहाले बताउनुभयो । अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उहाको भनाई छ ।

हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरु आफैले अनाधिकृत संरचना हटाउने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्