१४ वैशाख, काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा हिजाे भएको आगलागीका कारण मेडिकल स्टोर , फार्मेसी , ओपिडी भवन लगायतका ठाउँमा क्षति भएको कारण तत्काल अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सुचारु गर्न नसकिने भएकोले आइतबार र सोमबार अस्पतालको ओपिडी तथा ल्याब बन्द रहने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा आज बिहान साढे १० बजे भएको आगलागीमा करिब ४ करोडको नोक्सानी भएको छ । मेडिकल स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी भएको अनुमान गरिएको छ । आगलागीको तथ्यगत कारण भने खुल्न सकेको छैन ।










