पूर्वसहमति नलिई मतदान स्थगन नगर्न आयोगको निर्देशन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ मंसिर । पूर्वसहमति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ ।

यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको आयोगले जनाएको छ ।  स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्