भ्रष्टाचारको नायकलाई क्यानको महानिर्देशक बनाउन खोजेको नेता खनालको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र ९ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताउनुभएको हो । उहाले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानविन गर्नुपर्ने जिकिर गर्नुभयो । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अव बाहिर आउने उहाले बताउनुभयो ।

यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दवावमा आफुले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाउनुभएको थियो । सम्मानीत नेता खनालले आफुले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको स्पष्ट पार्नुभयो ।

उहाले कम्युनिष्ट पनि हुँ भन्ने र कमिशनमा मुख गाड्ने कुरा सुहाउदो नभएको उल्लेख गर्नुभयो । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरि तत्कालिन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उहाले बताउनुभयो ।

उहाले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाले नेताहरुले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरु सक्रिय भएको जिकिर गर्नुभयो । यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैन भन्ने ग्यारेन्टी नरहेको उहाको भनाइ छ । उहाले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्