माली सुन खानी दुर्घटनामा ४८ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

४ फागुन, काठमाडौं ।  माली सुन खानी दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा उक्त संख्यामा मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गरेको बताइएको छ । विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ । पीडितहरूको खोजी जारी रहेको जनाइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्