इरानमा सर्वोच्च अदालतको दुइ न्यायधिसको गाेली हानी हत्या

खबर बुक
  • ख-
  • ख+

तेहरान, ५ माघ । इरानको सर्वोच्च अदालतका दुइ न्यायधिसको हत्या गरिएको छ । 

तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

आक्रमणकारीले न्यायधिसलाइ गोली हानेपछि आत्महत्या गरेको बताइएको छ ।

अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्