आज बाटसुरु भएको इन्जिनियरिङ स्नातक तहको कलेजहरुमा २५.२० प्रतिशत सिट संख्या खाली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा मंगलबार देखि स्नातक तहको पढाइ सुरु भएकाे छ ।

शुल्क विवादका कारण लामो समयसम्म प्रवेश परीक्षा सञ्चालन नहुँदा यस वर्ष इन्जिनियरिङको पढाइ ढिला गरी सुरु हुन लागेको हो ।

प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुले सिट अनुसार विद्यार्थी भने पाउन सकेका छैनन् ।

पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् ।सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्