सिगिङ सुपर स्टार विजेता राजेश राईको ‘झल्को ज्यानकै आउने’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, ३१ असार । गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शकमाझ ल्याएका गायक राजेशले योपटक ‘झल्को ज्यानकै आउने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टार सिजन-१ का विजेता रहेका राजेश राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए  । झल्को ज्यानकै आउने पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन छ । भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियाेमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय देख्न सकिन्छ l

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्