काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै स्थानमा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
वर्षा जारी रहेकाले तत्काल पहिरो हटाएर सडक सञ्चालन गर्न सहज नहुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले बताएका छन्।
उनले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।










