धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ ।
परेवाटार- नेपालटार- गजुरीटार- पिपलटार- आदमटार- बेलिनटार- केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग सडक सम्पर्क पुनः स्थापित भएको हो ।
गत बुधबार भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगेपछि धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएको थियो । पुल बगेपछि सदरमुकामसँगको सडक सम्पर्क टुट्दा आवागमन प्रभावित बनेको थियो ।
वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीबाट बाहिरी क्षेत्रतर्फ तथा सदरमुकामतर्फ हुने आवागमन सहज हुने भएको छ ।










