२० जेठ, काठमाडौं । दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेपछि रमा हत्यामा प्रेमीको संलग्नता भएको खुलेको हो । २ दिन अघि रमाको शव रतुवा खोलाको पुल मुनि बोरामा हालिएको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । प्रहरीले घटना संलग्न एक जनालाई पक्राउ गरे पनि पनि नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्ती र रमा विच प्रेम सम्बन्ध रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक र रोमा केही समयदेखि सम्पर्कमा थिए । लागु औषध प्रयोग कर्ता रहेका ती युवा दमकको सुधार केन्द्रमा बस्दै आएका थिए ।
उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिर आएका थिए । सुधार केन्द्रबाट बाहिर आएपछि रमाको हत्या भएको थियो ।
हत्या कसरी भयो, शव रतुवा खोलासम्म कसरी पुर्याइयो तथा घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।










