युएईविरुद्ध सुखद् सुरुआतको योजना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २८ कात्तिक ।।तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा आज (सोमबार) संयुक्र अरब इमिरेट्स (युएई)को सामना गर्दा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैैैछ । सो शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले युएईविरुद्धको शृंखलालाई रोहितकुमार पौडेलले कप्तानीमा रहेको नेपालले नामिबिया भ्रमण अघि अभ्यासको रुपमा लिएको छ ।

लिग टु मा २० खेलमा १७ अंक जोडेको नेपाल छैटौैं स्थानमा छ भने नामिबिया २२ खेलमा २६ अंकसहित पाँचौ स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको युएईको २६ खेलमा २७ अंक छ ।

कप्तान रोहित पौडेलले युएईविरुद्ध शृंखला आफ्ना लागि चुनौतीभन्दा पनि अवसर भएको बताएका छन् । उपकप्तान रोहितलाई शुक्रबार मात्र क्यानले कप्तानमा नियुक्त गरेको थियो ।

नेपालले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन  एक दिवसीय खेलको शृंखला खेल्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्