लिभरपुल लयमा फर्किँदै

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २७ काठमाडौं ।।इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति साउथह्याम्पटनलाई ३–१ अन्तरले पराजित गर्दै लिभरपुल लयमा फर्किएको संकेत गरेको छ ।

लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरेका थिए । रोबर्टाे फिर्मिन्होले एक गोल थपे । साउथह्याम्पटनका एडम्सले एक गोल फर्काए ।

जितसँगै लिभरपुलले १४ खेलबाट २२ अंक जोड्दै छैटौ स्थानमा छ । साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ ।

राति भएका अन्य खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४–३ ले हरायो । बर्नेमाउथले एभर्टनलाई ३–०, नटिङघम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० र लेस्टरले वेस्ट ह्यामलाई २–० ले हराएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्