कांग्रेश नेता प्रकाशमान सिहंले चुनावी घर दैलो उत्साह जानक र सकरात्मक भै रहेको बताउनु भएको छ ।
“केन्द्रमा प्रभाव क्षेत्रमा विकाश”चुनावी एजेण्डा लिएर चुनावी मैदानमा उत्रनु भएका सिंहले आज को चुनावी घर दैलोको क्रममा, आफ्नो प्रमुख चुनावी एजेण्डा भनेको शिक्षा, स्वास्थ्य, पर्यावरण साथै रोजगार सिर्जना गर्नु रहेको बताउनु भएको छ ।
विगत देखि नै शिक्षाको को गुण्स्तर र प्रविधिक, रोजगार मुलक शिक्षामा जोड दिदै आउनु भएका सिहंले आफ्नो जितले शिक्षालाई आधुनिकीकरण र रोजगार मुखी बनाउनेमा जोड दिने बताउनुभयो ।
उचित कानुनको निर्माण गरेर बेरोजगारलाई रोजगार मा परिवर्तन गर्न देशै भरि प्राविधिक शिक्षालाई जोड दिने उहाले बताउनु भयो । युवालाइ स्वरोजगार बनाउन सरकारको तर्फको बाट वि भिन्न ट्रेनिद्ध सेन्टर खोल्नु पर्ने उहाले बताउनुभयो ।
सामुदायिक विधालयको शिक्षाको गुणस्तरलाई डिजिटलाइजेसन गर्दै शिक्षा क्षेत्रमा रहेको खाडल पुर्ने काम आफ्नो पहिलो प्राथमिकता रहेको उहाले बताउनुभयो । नेता सिहंले काठमाण्डौ क्षेत्रका नदी, नालाको पर्यावरण सुधारमा विगत देखि गर्दै आएको कामलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाले मत दाताहरु विगतमा आफुले गरेका कामबाट खुसि भए पनि पानिको समस्या बारे जन गुनासो रहेको र आफुले सधै यसलाई गम्भिर रुपमा लिए पनि मेलम्चीको पानी खुवाउने सपनामा कहिले प्रविधिक साधै कहिले प्राकृतिक प्रकोप वाधक बन्ने गरेको बताउनुभयो ।उहाले मेलम्चीकाे पानी जति सक्दाे चाडाे ल्याउने काेशिस भइरहेकाे जानकारी दिनुभयाे ।
यस्तै उहाले पानीको समस्याको अन्त्यको लागि काठमाण्डौ भित्रका नदिलाई संरक्षण गर्नै वैकल्पिक स्रोत तयार गर्ने सम्वन्धमा काम भैरहेको पनि बताउनुभयो ।















