१५ मंसिर, काठमाडौं ।काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ ।
महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ ।
आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मंगलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सेवा दिइनेछ ।











