काठमाडौं, कार्तिक २५
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पुराना नेताहरुलाई फेरी पनि प्रधानमन्त्री बनाए मुलुक बन्न नसक्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौको बसन्तपुरमा आयोजित चूनावी सभालाइ सम्बोधन गर्दै लिङ्देनले यसअघि पटक पटक प्रधानमन्त्री बन्दा देश बनाउन नसक्नेहरु पुन निर्वाचित भए देश बन्न नसक्ने भन्दै यसमा मतदाताले बिशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाले अहिलेको निर्वाचन प्रणाली निकै महङ्गो भएकाले यसलाई परिवर्तन गर्दै पूर्ण समानुपातीक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा हुने व्यवस्था लागू हुनुपर्ने धारणा राख्नुभयो । प्रदेशको संरचना खारेज गरेर बलियो केन्द्र र स्थानीत तहका साथै राजनीतिक दलमुक्त संवैधानिक निकाय अहिलेको आवश्यकता रहेका उहाको भनाई छ । उहाले नागरिक आयोग गठन गरेर ०४५ साल पछिका सबै नेताको सम्पती छानविन गरेर अवैध सम्पती छानविन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले बालेनले काठमाडौंमा अवैध संरचनामा डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको जिकिर गर्नुभयो ।
सभामा उपस्थीत अभिनेत्री मनिषा कोइरालाले भ्रष्टाचार निर्मुल गर्ने लिङ्देनको अठोट र लिङ्देनले बीपी कोइरालाले राजसंस्था र दलहरू मिल्दा देश बन्छ भनेर बुझेकाले समर्थन गरेको बताउनुभयो ।
त्यस्तै राप्रपाका नेताहरुले मुलुकलाइ परिवर्तन गर्ने मौकालाइ खेर फाल्न नहुने धारणा राखेका थिए ।









