काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताउनुभएको छ ।
शुक्रबार धरानमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताउनुभएको हो । उहाले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चूनाव लड्न आउन चूनौति दिनुभयो ।
ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गर्नुभयो । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उहाले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताउनुभयो । उहाले विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राख्नुभयो । अवको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गर्नुभयो ।
गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुवेको उहाले बताउनुभयो । ओलीले अहिले टुक्राटुक्रि जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसंगै सरकार बनाउने दावी गर्नुभयो ।