स्वतन्त्र उम्मेदवार दुर्गा लिम्बूकाे समर्थन प्रकाशमानलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ कात्तिक। काठमाडाैं क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार दुर्गा लिम्बूले आफ्नो उमेदवारि निष्क्रिय पारेका छन् ।

शुक्रवार राजधानीमा आयाेजित एक कार्यक्रममा उनले आफ्नो उमेदवारि निष्क्रिय पारेको जानकारी दिएका हुन ।

स्वतन्त्र उम्मेदवार लिम्बूले आफ्नो उमेदवारि निष्क्रिय पारी काठमाडाैं क्षेत्र नं १ का काँग्रेस उम्मेदवार प्रकाश मान सिंहलाई समर्थन गरेको घोषणा गरेका छन् ।

उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए ।

यसअघि लोसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधि सभा सदस्य उम्मेदवार रणविर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्