अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र स्वीकृत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , कार्तिक २४

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ ।

२०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । त्यही व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ ।

अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्