विश्वकप सफल बनाउन कतारमा रहेका नेपाली समुदायलाई दूतावासकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ कात्तिक । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली संघसंस्था तथा समुदायलाई फिफा विश्वकप–२०२२ सफला बनाउन कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति जारी गरी कतारमा रहेका नेपाली संघसंस्था र समुदायलाई उक्त आग्रह गरेको हो ।

‘कतारमा क्रियाशिल नेपाली समुदाय तथा संघसंस्थाहरुले पनि सम्पदान गनुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्चमर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप हुँदैछ ।

नेपाल र कतारबीचको सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने दूतावासले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्