काठमाडौं, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गर्नुभएको छ ।
लौहपुरुष गणेशमान सिंहको १०८ औँ जन्मजयन्तिका अबसरमा राजधानीमा आयोजित कार्यक्रमम बोल्दै उहाले भबिष्यलाई हेरेर मतदान गर्नुनुपर्ने बताउनुभयो । ‘मतदान भनेको भबिष्यको भलाईको लागि हो । पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला,’उहाले भन्न’भयो ।
कार्यक्रममा उहाले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताउनुभएको छ । नेता सिंहले गणेशमानले मुलुकमा प्रजातन्त्र प्रापितका लागि ६० बर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वाशनमा विताएको स्मरण गर्नुभयो । ‘६० बर्षको सक्रिय राजनीतिमा तीन दशक देशको भविष्यका लागि जेलजीवन र निर्वाशनमा विताउनुभएको थियो,’उहाले गणेशमानको योगदानलाई स्मरण गर्दै भन्नुभयो ।













