तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको : निर्वाचन आयोग

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २३ कार्तिक

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार–प्रसार गर्न रोक नलगाएको प्रस्ट पारेको छ ।

सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो ।

सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको ज नाएको छ । यसअघि आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य भएर सरकारी सुविधा लिएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएपछि अदालतले तत्काल कार्यान्वयन नगर्न भन्दै आयोगको नाममा अन्तरिम आदेश दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्