मुलुकमा सङ्कट पर्दा निकास दिन सक्ने पाटी काँग्रेस मात्रै- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा सङ्कट पर्दा निकास दिन सक्ने पाटी काँग्रेस मात्रै भएको बताउनु भएको छ ।

आज राजधानी काठमाडाैंमा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी अन्तरक्रियामा नेता सिंहले हरेक परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनैतिक शक्तिहरूलाई समन्वय गर्ने सक्ने पाटी काँग्रेस हो भन्ने कुरा पटक पटक पुष्टि गरेर देखाई सकेको समेत बताउनु भएको हो।

मुलुकको अस्थिरता अन्त गर्न पनि काँग्रेसलाई मत दिनु पर्ने भन्दै जे जति उपलब्धि हासिल भएका छन् यिनको संरक्षण गरी सम्पन्नता अभियानको नेतृत्व गर्ने सङ्कल्पका साथ काँग्रेस जनता माझ आएको समेत बताउनु भयो । चुनावी अभियानका क्रममा मिठा नारामा नअल्मलि जिम्मेवार र भरपर्दा राजनीतिक दल र नेता चुन्न समेत उहाँले आग्रह गर्नु भयाे ।

संसदीय निर्वाचनको महत्त्व यस क्षेत्रका मतदाताले राम्रोसँग बुझेका भन्दै लोकतन्त्र र स्थायित्वको वकालत गरिरहेको काँग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको समेत बताउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्