ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ कात्तिक । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् ।

ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि उनि छानविनमा तानिएका हुन् ।

छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।

एभिएसन  भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्