अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको एमाले अध्यक्ष ओलीको दावी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अहिलेका गठबन्धनका उम्मेदवार, सो क्षेत्रका एमाले उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता मात्र भएको अध्यक्ष ओलीको भनाई छ ।
ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको पनि बताउनुभएको छ । उहाले विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको जिकिर समेत गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्