कांग्रेश नेता प्रकाशमान सिहंले यस पटकको चुनाव प्रचारका क्रम मतदाताबाट विगतका दिन भन्दा सकरात्मक प्रतिकृया पाएको बताउनुभयो ।
काठमाण्डौ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उमेद्वार समेत रहनु भएका सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकाश मतदाताको मन जित्न सफल भएको उहाले बताउनुभयो ।
पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहनुभएका सिहं आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निस्कनु भएको छ ।
चुनावी प्रचार कै क्रममा आज उहाले यस क्षेत्रबाट आफुलाई मतदाताले ३ पटक विश्वाश गरेको तर शुरुको २ पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके पनि संविधान र्निमाण पछि भने आफुले यस क्षेत्रको हरेक प्रकार विकाशका गति विधि अगाडि बडाएको बताउनु भयो । हरेक टोल टोलमा आफुले कुनै न कुनै प्रकारको विकाशको योजना जनता सामु पुरयाएको उहाले बताउनु भयो ।
सुकुम्बासी समस्या व्यवश्थापन देखि लिएर सामुदायिक विधालय सुधारका लागि पनि आफुले कार्य गरेको बताउनुभयो । उहाले सोह्ी कारण पनि यस पटक मतदाताहरुले सकरात्मक प्रतिकृया दिइरहेको बताउनुभयो ।
यस पटक विकाशका कामका विषयलाई लिएर जन गुनासो कम रहेको उहाले बताउनुभयो । मतदाताले मेलम्ची पानीको बारे गुनाशो गरेको बताउदै उहाले आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताउनुभयो ।
विगतमा पनि कांग्रेश र आफ्नो नेतृत्वमा यहाका जनताका साना साना निमण्त्रणालाई स्विकार गर्दै जनताका आवश्यकताहरु तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यस पटक पनि कांग्रेश र आफुलाई बहुमत दिने विश्वाश व्यत्त विश्वाश व्यत्त गर्नु भयो ।
विकाश काम साथै संविधान कार्यन्वयन गर्न कांग्रेश सहित गठवन्दनलाई मत दिन उहाले आग्रह गर्नुभयो ।