राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आइसल्यान्ड प्रस्थान गर्नुभएको छ ।

विश्वभरबाट महिला नेतृहरुले भाग लिने उक्त फोरममा सहभागी जनाउन राष्ट्रपति भण्डारी सोमबार साँझ आइसल्यान्डको रेक्युभिक प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति विशिष्ठ कक्षमा उपराष्ट्रपति नन्द बहादुर पुन लगाएतले विदाई गर्नुभएको थियो भने उहाको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

उक्त फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो । भ्रमण टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी छन् ।

भ्रमणका दौरान राष्ट्रपतिले अवार्ड ग्रहण गर्ने र मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ र राष्ट्रपति भण्डारी कात्तिक २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्