त्रिशूली नदीमा बस खस्दा १६ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ : काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्