घरदैलोमा पुगेकी रेखालाई सुन्दरहरैंचाका महिलाको साथ

खबर बुक
  • ख-
  • ख+

विराटचोक (मोरङ), १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् ।

आज घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धता समेत उनीहरूले जनाएका छन् ।  स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताउनुभयाे ।

मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ ।

गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् ।

यस्तै,  बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्