रियल मड्रिड शीर्षस्थानमा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौ, १७ कात्तिक ।।सेन्टिकलाई ५-१  अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ ।

बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्षस्थानमा रहेको हो । १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको सख्तर  डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो । सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् ।

घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक-एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् ।

राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४ ० ले निराश पार्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्