तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

चितवन, १५ कार्तिक

तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६:३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनवलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोलीतर्फ परिचालन गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्