देशभरका नदीलाई जोडेर ‘पूर्व–पश्चिम मेघा नहर’ बनाउने एकीकृत समाजवादीको घोषणा

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा देशभरका नदीलाई एकत्रित गरी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाउन पहल गर्ने घोषणा गरेको छ ।

घोषणापत्रमा उल्लेख गरिएको छ, ‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदिलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोँचका साथ राष्ट्रियगौरवको आयोजना बनाउन पहल गरिनेछ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्