काठमाडौं, १४ कात्तिक।।मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ ।
संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।